स्थानीयहरुले आफ्नो अनुहारमा कालो दलेर विरोध प्रदर्शन गरेपछि...

आशिक हुसैन शेख
चैत्र २ २०७८

काठमाडौं । ललितपुरको खोकनाका वासिन्दाले आफ्नै मुखमा कालो दलेका छन् ।
तराई मधेस फास्ट ट्रयाकको विरोधमा मंगलबार खोकनाको लाछिमा भेला भई स्थानीयले आफ्नो अनुहारमा कालो दलेर विरोध प्रदर्शन गरेका हुन् । फास्ट ट्रयाक, बाहिरी चक्रपथ, स्मार्ट सिटी लगायतका योजनामा स्थानीयको जग्गा र साँस्कृतिक संरचना मास्न लागेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।
सरकारले आफूहरुको कुरा सुन्दै नसुनेकाले विरोधको नयाँ स्वरुप अवलम्बन गरेको खोकनाको नेपाल साँस्कृतिक पुनर्जागरण अभियानका सदस्य मिलन डंगोलले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया