कपिलवस्तुकाे वाणगंगामा जय महाकाल युवा समूहकाे उपसमिति गठन

आशिक हुसैन शेख     

वाणगंगा : कपिलवस्तु जिल्लाकाे वाणगंगा नगरपालिकामा "भाेकलाई भाेजन प्यासालाई पानी" भन्ने मुल नाराका साथ जय महाकाल युवा समुह वाणगंगा उपशाखा गठन भएको छ । अध्यक्ष तोर‌ बहादुर खत्री क्षेत्री हुनु भएको छ।

  

त्यसै गरि उपशाखाका उपाध्यक्ष जानकी पोख्रेल , सचिव मधु प्रसाद थारु ,सहसचिव धनी राम चौधरी , कोषाध्यक्ष राम बहादुर गंधर्व , सदस्यहरु पुनम परियार , भीम कुवर,भिक्कु थारु , तुलसी कुवर र सल्लाहकार जनम गंधर्व,एम बहादुर थापा चयन भएका छन् ।

 

संयोजक भोला पौडेल को अध्यक्षतामा , प्रमुख अतिथि जय महाकाल युवा समूह केन्द्रीय सदस्य अनिस त्रिपाठी , विशिष्ट अतिथि राम बहादुर गंधर्व , अतिथि जय महाकाल युवा समूह केन्द्रीय सदस्य सीता गौतम , रवि आचार्य , जय महाकाल युवा समूह सैनामैना शाखाका सदस्य रुदल मल्ल , अनुस्का कालिराज , आयुष मल्ल , वाणगंगा दुर्गा मन्दिर उपाध्यक्ष सानु गुरुङ सहभागीता रहेको थियोे ।

 

कार्यक्रम संचालन जय महाकाल युवा समूह केन्द्रीय सदस्य रवि आचार्यले गर्नु भएको थियो।