महोत्तरीको मटिहानीमा २८ लाखको लागतमा प्रवेशद्वार निर्माण

आशिक हुसैन शेख     

महोत्तरीको मटिहानी बजारको सुन्दरतालाई बढाउन मटिहानी नगरपालिकाले २८ लाखको लागतमा प्रवेशद्वार निर्माण गरेको छ। मटिहानी क्षेत्रकै पुरानो बजारलाई ऐतिहासिकता जोगाउनका निम्ति आर्थिक वर्ष २०७८÷०७९ को नगरस्तरीय बजेटमार्फत सो गेटको निर्माण भएको हो। नगरप्रमुख हरिप्रसाद मण्डलले यसले मटिहानी बजारको गरिमा र सुन्दरतालाई बढाउन थप मद्दत गर्ने बताए। नगरपालिकाले ऐतिहासिक सम्पदाको संरक्षण गर्नका लागि सधैंभरि तत्पर रहने नगरप्रमुख मण्डलले जानकारी दिए।