सोनमा ३ मा नि:शुल्क एक दिने आँखा शिबिर सम्पन्न

आशिक हुसैन शेख     

धर्मेन्द्र कुमार यादव- महोत्तरी,

महोत्तरी जिल्लाको सोनमा गाउपालिका ३ रघुनाथपुरमा एक दिने आँखा शिवीर बुधबार सम्पन्न भएको छ।

received_801226711004554.jpeg

जानकी आँखा अस्पताल जनकपुर, प्रहरी चौकी रघुनाथपुर र सोनमा गाउपालिकाको संयुक्त आयोजनमा आँखा शिविर सम्पन्न भएको छ। आँखा शिविर प्रहरी चौकी रघुनाथपुरको प्राङनमा संचालन गरिएको थियो।

 

आँखा सिविरमा जम्मा ४८१ जना बिरामीले चेक जाच गराएका थिए जसमा १३४ जना मोतियाबिन्दको बिरामी भेटिएको थियो। मोतियाबिन्दको बिरामीलाइ जानकी आँखा अस्पताल जनकपुरमा नि:शुल्क शाल्यक्रीया गरिने कुरा चिकित्सकले बताएको छ। सिविरमा सोनमा गाउपालिका, सम्सी गाउपलिका र सिमाबर्ती भारतका बिरामीहरुले चेक जाच गराएका थिए।

 

आँखा शिविरमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख सोनमा गाउपालिका अध्यक्ष बिशेश्वर प्रसाद यादब, उपाध्यक्ष जहिदा खातुन, वडा अध्यक्ष राम प्रमोद सहनी, अशोक कुमार यादब, राम जीवन यादव लगायत चिकित्सक टोलीको उपस्थिती रहेको थियो।