भारतको जम्मु कश्मिरमा आतंकवादी हमलाको नेपाल सरकारद्वारा निन्दा,

महोत्तरी टुडे     

काठमाडौं- प्रधानमन्त्री ओलीले सो घटनामा एक नेपाली नागरिक पनि मारिएको समाचार पुष्टि गर्ने प्रयास भइरहेको जानकारी दिँदै भनेका छन्, ‘पीडितहरूमा एक नेपाली नागरिक रहेको रिपोर्ट प्रमाणित गर्न निकट समन्वय स्थापित गरिएको छ र आवश्यक सबै सहयोग प्रदान गरिने छ ।

image_search_1745381937836.webp

परराष्ट्र मन्त्रालयले पनि भारतमा भएको आतंकवादी हमलाको भर्त्सना गरेको छ । मन्त्रालयले भनेको छ, ‘नेपालले जम्मु तथा कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूलाई लक्षित गरी गरिएको बर्बर आतंकवादी हमलाको घोर भर्त्सना गर्दछ, शोकाकुल परिवारहरूप्रति हामी गहिरो समवेदना व्यक्त गर्दछौँ र घाइतेहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको हार्दिक कामना गर्दछौँ ।’ 

 

आतंकवादप्रति नेपालको अडान स्पष्ट रहेको उल्लेख गर्दै भनिएको छ, ‘नेपाल सबै प्रकारका आतंककारी कार्यहरूको कडा शब्दमा भर्त्सना गर्दछ र यस्ता जघन्य कृत्यहरू कुनै पनि आधारमा जायज हुन सक्दैनन् भन्ने दृढ विश्वास राख्दछ ।’

 

जम्मुकश्मिरमा पर्ने पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकहरूलाई लक्षित गरेर नै आक्रमण भएको थियो । बैसारन पहलगामबाट ६ किलोमिटर टाढा पर्दछ ।

 

भारतीय मिडियाहरूका अनुसार बैसारन सुन्दर भएकाले ‘मिनी स्विटजरल्याण्ड’ भन्ने गरिन्छ । सो स्थान पर्यटकमाझ चर्चित छ ।रासस