साम्प्रदायिक सदभावमा असर पुर्याएको आरोपमा गौर बाट एक जना पक्राउ

महोत्तरी टुडे     

महोत्तरी टुडे डेस्क। धार्मिक सम्प्रदायमा असर पार्ने किसिमको भिडियो बनाएर सामाजिक संजालमा पोष्ट गरेको आरोपमा रौतहट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

साम्प्रदायिक सदभावमा असर पुर्याएको आरोपमा प्रहरीले गौर नगरपालिका वडा नम्बर ४ टिकुलियाका १६ वर्षिय युवक साजिद खानलाई पक्राउ गरेको हो ।

 

साम्प्रदायिक सदभावमा असर पार्ने किसिमको भाषा प्रयोग गरि खानले भिडियो बनाइएर सामाजिक संजालमा आइतबार राती पोष्ट गरेका थिए ।

सो भिडियो सामाजिक संजालमा भाइरल भएपछी तत्काल पक्राउ गरी कारवाही गर्न यहाका अगुवाहरुले माग गरेका थिए ।

 

प्रहरीले सोमबार बिहान खानलाई पक्राउ गरि अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक नेत्रमणी गिरीले सामाजिक संजालमा सदभाव बिग्रिने भिडियो पोष्ट गरेका युवकलाई गौरबाट नियन्त्रणमा लिएको बताए ।रासस