सिरहा सेवा समाज कतारद्वारा लक्ष्मीपुर पतारीकी वृद्धि आमालाई राहत सामग्री सहयोग

महोत्तरी टुडे     

शियाराम यादव -दोहा

कतारमा किर्याशील सामाजिक संस्था सिरहा सेवा समाज कतारले लक्ष्मीपुर पतारी गाउँपालिकामा राहत सामग्री बितरण गरेको छ। गाउँपालिकाको कार्यलय अगाडिको पोखरी डिलमा अस्थायी बसोबास गर्दै आउनु भएकी वृद्धि आमा शान्ता गिरिलाई करिब १० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री तथा नगद रु. १,००० बराबरको औषधि उपचार खर्चको लागि सहयोग गरिएको हो।

उक्त सहयोग रेडियो सरगमको विशेष पहल, सिरहा सेवा समाज कतारको आयोजनामा तथा जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।कार्यक्रममा सिरहा सेवा समाज कतारका अध्यक्ष जय प्रकाश यादव र कार्यक्रम संयोजक शियाराम यादवको सक्रिय भूमिका रहेको थियो।

सहयोग प्राप्त भएपछि वृद्धि आमा शान्ता गिरिले संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।