सम्सी गाउँपालिका वडा नं. ६ मा नवनिर्मित वडा कार्यालय र स्वास्थ्य सेवा केन्द्रको उद्घाटन सम्पन्न

महोत्तरी टुडे     

सम्सी (महोत्तरी), २०८२ साउन २२ — सम्सी गाउँपालिका वडा नं. ६ मा नवनिर्मित वडा कार्यालय भवन तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रको आज एक विशेष समारोहका बीच उद्घाटन सम्पन्न भएको छ।

Messenger_creation_D338F7E5-29EA-4E77-AEF7-6A83D78A04C5.jpeg

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रामनाथ यादव रहेका थिए। कार्यक्रममा वडा नं ६ का वडा अध्यक्ष शेख उमैद, गाउँपालिका सदस्यहरू, स्थानीय समाजसेवी, कर्मचारीहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

Messenger_creation_634CEB35-9BB9-416C-BF2B-D792069EBBFE.jpeg

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नवनिर्मित संरचनाहरूले वडा नं. ६ का नागरिकहरूलाई प्रशासनिक र स्वास्थ्य सेवा सुलभ, छिटो र प्रभावकारी रूपमा उपलब्ध गराउन मद्दत गर्ने विश्वास व्यक्त गरे। साथै, स्वास्थ्य सेवा केन्द्रमार्फत स्थानीयहरूले आवश्यक स्वास्थ्य परामर्श र उपचार सेवाहरू सहज रूपमा प्राप्त गर्ने अपेक्षा व्यक्त गरिएको छ।

Messenger_creation_8B5C88FF-8922-418C-BFAB-3130357F6353.jpeg

कार्यक्रममा विभिन्न वक्ताहरूले गाउँपालिकाको समग्र विकासका लागि सुदृढ पूर्वाधार, प्रभावकारी प्रशासन र सुलभ स्वास्थ्य सेवा अनिवार्य रहेको भन्दै सम्सी–६ मा सम्पन्न यस परियोजनालाई सकारात्मक उपलब्धि भन्दै स्वागत गरे।

 

उद्घाटनको अवसरमा रातो फिता काट्दै कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो। साथै, प्रमुख अतिथिहरूलाई माला र दोसल्ला ओढाएर सम्मान गरियो।

 

स्थानीय बासिन्दाहरूले यो विकासले वडाभित्र सेवा प्रवाहमा सुधार आउने र जनताको विश्वास बढ्ने विश्वास व्यक्त गरेका छन्।