सिरहामा सामूहिक सहयोगको उदाहरण: उपचारमा बेचिएको खेत फिर्ता, ऋण मिनाहा
महोत्तरी टुडे
श्रावण २६ २०८२
सिरहा – सबैको प्रयास र सहयोगबाट एक महत्त्वपूर्ण कार्य सम्पन्न भएको छ। स्व. हरि मोहन मुखियाज्यूको उपचारका क्रममा बेचिएको खेत आज फिर्ता गराइएको छ भने केही ऋण पनि मिनाहा गरिएको छ।
यो यात्रा सहज थिएन। यो घटनामा मधेशको इज्जत, सिरहा जिल्लाको प्रतिष्ठा, र दलित समुदायको सम्मान जोडिएको थियो। काठमाडौंको KMC अस्पतालमा बन्धक राखिएको शव केवल एक शव मात्र नभई सामूहिक आत्मसम्मानको प्रतीक थियो।
सहयोग अभियानमार्फत जम्मा रु. ६ लाख १० हजार ९ सय संकलन भई सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ। यस घटनाले मधेशी समाजमा एकता, सहयोग र संवेदनशीलताका बलियो उदाहरण प्रस्तुत गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
