दलित एकता सञ्जाल कतारद्वारा बृहत रक्तदान कार्यक्रम

महोत्तरी टुडे     

आशिक हुसैन शेख दोहा – कतार: दलित एकता सञ्जाल कतार को आयोजनामा, नेपाली रक्तदाता संघ कतार को समन्वय तथा बिश्वकर्मा समाज कतार र परियार मित्रता समाज कतार को सह-आयोजनामा बृहत रक्तदान कार्यक्रम २२ अगस्ट २०२५ (शुक्रबार) आयोजित हुने भएको छ।

 

कार्यक्रम हमाद हस्पिटल (Blood Donor Center) मा बिहान ८:०० बजे देखि १:०० बजे सम्म सञ्चालन हुनेछ।

 

संगठनले कतारमा रहेका सम्पूर्ण नेपाली संघ-संस्था प्रमुख, सामाजिक अभियन्ता, पत्रकार, दाजुभाइ र दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागिता सुनिश्चित गर्न सादर अनुरोध गरेको छ।

 

रक्तदान गर्दा आवश्यक मापदण्डहरू पालना गर्नुपर्नेछ, जस्तै: कतारी ID वा हेल्थ कार्ड अनिवार्य, उमेर १८–६५ वर्ष, तौल कम्तीमा ५० केजी, पछिल्लो २४ घन्टा मदिरा सेवन नगरेको, र स्वास्थ्य टोलीले निर्धारण गरेका अन्य मापदण्ड।

 

यो पनि,रक्तदाता लागि आवश्यक शर्तहरू

 

1. रक्तदाता आफ्नो कतारी ID, लाइसेन्स वा हेल्थ कार्ड अनिवार्य रूपमा लिएर आउनुपर्नेछ।

 

 

2. रक्तदाता कतार प्रवेश गरेको ४ महिना पुरा भएको हुनुपर्नेछ।

 

 

3. यदि पहिले रक्तदान गरेको भए, २ महिना (६० दिन) पूरा भएको हुनुपर्नेछ।

 

 

4. रक्तदाता कम्तीमा ८ घन्टा सुतेको हुनु पर्नेछ र पछिल्लो २४ घन्टा भित्र मदिरापान नगरेको, कुनै एन्टिबायोटिक औषधि सेवन नगरेको हुनुपर्नेछ।

 

 

5. रक्तदाताको उमेर १८–६५ वर्ष र तौल कम्तीमा ५० केजी हुनुपर्नेछ।

 

 

6. रक्तदाताको रक्तचाप र अन्य स्वास्थ्य मापदण्ड रक्त संकलन टोलीका स्वास्थ्यकर्मीले निर्धारण गर्नेछन्।

 

 

 

कार्यक्रम विवरण

 

स्थान: हमाद हस्पिटल (Blood Donor Center)

 

मिति: २०२५/०८/२२, शुक्रबार

 

समय: बिहान ८:०० बजे देखि १:०० बजे सम्म

 

 

अनुरोधक:

बिश्वकर्मा समाज कतार परिवार