रौतहटमा युवकको हत्या प्रकरण : मृतक पक्षद्वारा प्रहरी कार्यालय अगाडि प्रदर्शन
महोत्तरी टुडे
भाद्र ४ २०८२
रौतहट-
रौतहट जिल्लाको गौर नगरपालिका–८ स्थित यमुना माई गाउँपालिका–५ फतुवाका १८ वर्षीय युवकको हत्या आरोपमा गौर–३ निवासी सनोज रामलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार, मृतक यमुनामाई गाउँपालिका–५ का अब्दुल लतिफ मियाका २२ वर्षीय छोरा सहाबुद्दिन मिया हुन्।
रामले मंगलबार साँझ ती युवकलाई छुरा प्रहार गरी हत्या गरेका थिए। घटनापछि मृतक परिवार र स्थानीयवासीले न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय रौतहट अगाडि प्रदर्शन गरेका थिए।
प्रहरीले सनोज रामलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। साथै घटनामा संलग्न अन्य व्यक्ति भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
