रौतहटमा रुवी साह हत्या प्रकरण : आरोपी लक्ष्मण पासवान आगलागी अवस्थामा पक्राउ

महोत्तरी टुडे     

रौतहट-

रौतहटकी २६ वर्षीया रुवी साहको हत्या आरोपित लक्ष्मण पासवानलाई प्रहरीले जलेको अवस्थामा पक्राउ गरेको छ।

 

प्रहरीका अनुसार आज बिहान करिब ७ बजे रौतहटको माधव नारायण नगरपालिका–६ स्थित नहर छेउमा स्थानीयले उनलाई शरीरमा आगो लागेको घाइते अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल पठाइएको हो।

 

गत शनिबार राति गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेट नजिक सुटकेश भित्र रुवी साहको शव फेला परेको थियो। भारत, मुजफ्फरपुर घर भएकी रुवी गौरमा डेरा लिएर बस्दै ४ वर्षीया छोरासहित जीवनयापन गरिरहेकी थिइन्।

 

प्रहरी अनुसन्धानअनुसार रुवी र लक्ष्मणबीच पहिले प्रेम सम्बन्ध रहेको र गौरकै डेरामा हत्या गरेर शव रिक्षामा राखी सडकमा फ्यालिएको खुलेको छ।