उज्यालो महानगर योजनामा द्रुत गति, दशैंअघि ६२ हाई मास्ट लाइट प्रज्वलन हुने: मेयर बालेन

महोत्तरी टुडे     

काठमाडौं – लामो समयदेखि रोकिएको उज्यालो महानगर योजना पुनः प्राथमिकतामा आएसँगै काठमाडौँ महानगरपालिकाले सडक बत्ती विस्तारमा द्रुत कदम चालेको छ। मेयर बालेन शाहको नेतृत्वमा झण्डै १० करोड रुपैयाँ लागतमा ६२ वटा हाई मास्ट लाइट जडानको काम तीव्र गतिमा भइरहेको महानगरले जनाएको छ।

FB_IMG_1758631462687.jpg

हालसम्म १२ वटा हाई मास्ट लाइट प्रज्वलन भइसकेका छन् भने दशैंअघि नै बाँकी सबै लाइट सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

FB_IMG_1758631467129.jpg

योजना अन्तर्गत अघिल्लो कार्यकालमा जडान गरिए पनि लामो समयदेखि नबलेका करिब २,००० सोलार स्ट्रीट लाइटलाई इलेक्ट्रिकल प्रणालीमा प्रतिस्थापन गरिएको छ, जसको धेरैजसो अहिले बल्न थालेका छन्।

FB_IMG_1758631470808.jpg

यस्तै, करिब ८५ करोड रुपैयाँको लागतमा नयाँ स्ट्रीट लाइट खरिद तथा जडानको काम अन्तिम चरणमा पुगेको महानगरको दाबी छ। परियोजना पूरा भएपछि यसै वर्षभित्र काठमाडौँ महानगर पूर्ण रूपमा उज्यालो हुने अपेक्षा गरिएको छ।

 

मेयर बालेन शाहले भने, “काठमाडौँलाई सुरक्षित, उज्यालो र आधुनिक महानगर बनाउन सडक बत्ती विस्तारलाई प्राथमिकतामा राखिएको हो। यस वर्षभित्र काठमाडौँ पूर्ण उज्यालो हुनेछ भन्ने हाम्रो लक्ष्य छ।”

 

स्थानीयवासीले लामो समय अँध्यारोमा हिँड्नुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरेका छन्।