सिरहा सेवा समाज र प्रवासी कुशवाहा सेवा समाज कतारद्वारा स्व. महतो परिवारलाई आर्थिक सहयोग

महोत्तरी टुडे     

शियाराम यादव, असोज ११ ।

 

सिरहा सेवा समाज कतार र प्रवासी कुशवाहा सेवा समाज कतारको संयुक्त पहलमा धनगढीमाई नगरपालिका–६, फुलकाहा कट्टी निवासी स्व. सरोज कुमार महतोकी श्रीमतीलाई ४२ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ।

IMG-20250927-WA0003.jpg

जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश कुमार महतोको हातबाट सो रकम हस्तान्तरण गरिएको हो। कार्यक्रमको संयोजन प्रवासी कुशवाहा सेवा समाज कतारका संस्थापक तथा सिरहा सेवा समाज कतारका वरिष्ठ सल्लाहकार शिव कुमार महतोले गरेका थिए।

 

सहयोग हस्तान्तरण कार्यक्रममा सिरहा सेवा समाज कतारका प्रेस संयोजक तथा पत्रकार शियाराम यादव, धनगढीमाई नगरपालिका–६ का वडा अध्यक्ष बब्लु महतो, समाजसेवी उतिम साह, स्थानीयबासी, बुद्धिजीवी र सरोकारवाला व्यक्तिहरुको सक्रिय उपस्थिति रहेको थियो।

IMG-20250927-WA0001.jpg

आर्थिक सहयोगमार्फत स्व. महतोकी श्रीमतीले परिवारको जीवनयापनसँगै सानो व्यवसाय सञ्चालन गर्ने उद्देश्य राखिएको आयोजकहरूले बताएका छन्।

 

त्यसैगरी, सिरहा सेवा समाज कतारका अध्यक्ष जयप्रकाश यादव र प्रवासी कुशवाहा सेवा समाज कतारका अध्यक्ष घुरन महतोले हाल कतारबाटै भिडियो कलमार्फत कार्यक्रमलाई सम्बोधन गर्दै स्व. महतो परिवारलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।