नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दियो
महोत्तरी टुडे डेस्क, फागुन ३ –
आईसीसी विश्वकपअन्तर्गत आज (आइतबार) मुम्बईस्थित वाङ्खडे रंगशाला मा भइरहेको खेलमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको हो। सुरुआत राम्रो हुन नसकेको नेपालका लागि अलराउन्डर दीपेन्द्रसिंह ऐरी ले जिम्मेवारीपूर्ण इनिङ खेल्दै अर्धशतक प्रहार गरे।
तेस्रो ओभरको पहिलो बलमा दोस्रो विकेट पतन भएपछि क्रिजमा आएका ऐरीले इनिङ सम्हाल्दै ४७ बलमा ५८ रन बनाए। उनले आफ्नो इनिङमा ३ चौका र ३ छक्का प्रहार गरे। ऐरी अन्तिमसम्म क्रिजमा टिकेर नेपालको स्कोर प्रतिस्पर्धात्मक अवस्थामा पुर्याए।
यस्तै सोमपाल कामी ले २६ रन बनाउँदै अविजित रहेर टोलीलाई सन्तोषजनक योगफलसम्म पुर्याउन सहयोग गरे।
नेपालले दिएको १३४ रनको लक्ष्य पछ्याउन अब वेस्ट इन्डिज मैदानमा उत्रनेछ। खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
