नेपाली राजदूतावास अबुधाबी युएईले समस्याग्रस्त नेपालीका लागि पोर्टल सुरु गरेको सूचना
अबुधाबी, ०३ मार्च २०२६।
नेपाली राजदूतावास अबुधाबी युएई Embassy of Nepal, Abu Dhabi ले समस्यामा परेका नेपाली नागरिकहरूको तथ्यांक संकलन तथा आवश्यक सहयोगका लागि अनलाइन ‘पोर्टल’ निर्माण गरिएको जनाएको छ।
दूतावासका अनुसार मध्यपूर्व क्षेत्रमा विकसित परिस्थितिका कारण विभिन्न मुलुकबाट नेपाल फर्कने क्रममा एयरपोर्टमै अलपत्र (Stranded) परेका, भिसा रद्द (Visa Cancellation) भइसकेका, पुनः टिकट काटिसकेपछि पनि फर्कन नपाएका तथा अन्य कारणले समस्यामा परेका नेपाली नागरिकहरूले सो पोर्टलमार्फत आफ्ना विवरण यथाशीघ्र अद्यावधिक (Update) गर्न अनुरोध गरिएको छ।
साथै, फेब्रुअरी २८ पछिको अवधिमा ‘ओभरस्टे’ (Overstay) भएका हकमा जरिवाना (Fine) नलाग्ने जानकारी प्राप्त भएको दूतावासले उल्लेख गरेको छ। अन्य विषयमा थप सूचना पछि सार्वजनिक गरिने पनि जनाइएको छ।
सम्बन्धित व्यक्तिहरूले तलको लिंकमार्फत आफ्नो विवरण भर्न सक्नेछन्:

🔗 https://legal.nepalconsular.gov.np/urgent-rescue�
नेपाली राजदूतावास, अबुधाबी युएई
