जनकपुरधाममा ट्राफिक सुरक्षाको नयाँ प्रयास : रमानन्द चौकमा फ्लेक्सिबल रिफ्लेक्टिभ रिङ जडान।

आशिक हुसैन शेख     

जनकपुरधाम । जनकपुरधामको अत्यन्त व्यस्त मानिने रमानन्द चौकमा ट्राफिक व्यवस्थापनलाई थप सुरक्षित र व्यवस्थित बनाउन नयाँ पहल सुरु गरिएको छ। सोही अन्तर्गत चौकमा फ्लेक्सिबल रिफ्लेक्टिभ रिङहरू जडान गर्ने कार्य जारी रहेको छ।

FB_IMG_1773210104628.jpg

बढ्दो सवारी चाप र दुर्घटनाको सम्भावनालाई मध्यनजर गर्दै सडकको बीच भागमा यी रिङहरू राख्न थालिएको हो। रातिको समयमा पनि सजिलै देखिने र सवारी चालकलाई सही लेनमा चल्न सहयोग पुग्ने उद्देश्यले रिफ्लेक्टिभ रिङ जडान गरिँदै छ।

यस व्यवस्थाले चौकमा हुने अनावश्यक भीडभाड कम गर्ने, सवारी साधनलाई आफ्नो लेनमा राख्न मद्दत गर्ने तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित निकायका अनुसार जनकपुरधामका अन्य व्यस्त चोक तथा सडकहरूमा पनि आवश्यकता अनुसार यस्ता सुरक्षा सामग्री जडान गर्ने योजना रहेको छ।

स्थानीय बासिन्दा तथा सवारी चालकहरूले पनि यो पहललाई सकारात्मक रूपमा लिँदै यसले ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्।