निर्धारित मूल्यभन्दा बढीमा ग्यास बिक्री गरे कानुनी कारबाही हुने।

महोत्तरी टुडे     

काठमाडौं । Gas Dealer Federation Nepal ले बजारमा ग्यासको अभाव तथा केही स्थानमा उपभोक्तासँग निर्धारित मूल्यभन्दा बढी रकम असुल गरिएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा पछिल्लो समय विभिन्न सञ्चार माध्यममा ग्यासको अभाव भएको तथा केही विक्रेताले अनुचित मूल्य लिएर ग्यास बिक्री गरिरहेको भन्ने समाचार आएको उल्लेख गरिएको छ। यस्ता गतिविधिले आम उपभोक्तामा ग्यास नपाइने हो कि भन्ने चिन्ता बढ्नु स्वाभाविक भएको महासंघले जनाएको छ।

महासंघले सरकारले तोकेको मूल्यभन्दा बढी मूल्य लिएर ग्यास बिक्री–वितरण गर्नु गम्भीर अपराध भएको स्पष्ट पारेको छ। यदि कुनै विक्रेता वा उद्योगले यस्तो गैरकानुनी कार्य गरेको पाइएमा सम्बन्धित निकायसँग समन्वय गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरिएको विज्ञप्तिमा उल्लेख छ।

साथै, यस्तो कठिन परिस्थितिमा ग्यास विक्रेताहरूलाई सरकारले तोकेको मूल्यमा मात्र ग्यास बिक्री–वितरण गर्न महासंघले आग्रह गरेको छ। कुनै स्थानमा अनियमितता भएमा जिल्ला संघमार्फत जानकारी गराउन पनि महासंघले अपिल गरेको छ।

FB_IMG_1773212315315.jpg