सलहेश फूलबारीमा वर्षमा एक पटक मात्र फुल्ने ‘सुनाखरी’ हेर्न दर्शनार्थीहरूको घुइँचो

महोत्तरी टुडे     

सिरहा, वैशाख १ — नयाँ वर्ष २०८३ को अवसरमा सिरहाको लहान नगरपालिका वडा नं. १२ र २२ को सीमानामा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल सलहेश फूलबारी मा यस वर्ष पनि भव्य मेला लागेको छ। वर्षमा एक पटक मात्र फुल्ने मानिने ‘सुनाखरी’ (हारम) फूल फुलेसँगै फूलबारी भक्तजन तथा पर्यटकहरूले भरिभराउ भएको छ।

FB_IMG_1776154658371.jpg

वैशाख १ गतेलाई नेपालमा नयाँ वर्षको रूपमा मात्र नभई मेष संक्रान्तिका रूपमा समेत मनाइन्छ। सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने यस विशेष दिनमा सलहेश फूलबारीमा लाग्ने मेला विशेष आकर्षणको केन्द्र बनेको छ।

FB_IMG_1776154622743.jpg

स्थानीय किंवदन्तीअनुसार राजा सलहेश र उनकी प्रेमिका मालिनको अमर प्रेमको प्रतीकका रूपमा यो ‘सुनाखरी’ फूल वर्षमा एक पटक मात्र वैशाख १ गते फुल्ने विश्वास रहिआएको छ। यही आस्था र विश्वासका कारण नेपाल तथा भारतका विभिन्न स्थानबाट हजारौँ श्रद्धालुहरू फूल हेर्न तथा पूजा अर्चना गर्न आउने गरेका छन्।

FB_IMG_1776154614974.jpg

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको यस स्थलले स्थानीय पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। जडीबुटी संरक्षण, धार्मिक आस्था र सांस्कृतिक पहिचानको संरक्षणका लागि स्थानीय निकायहरूले निरन्तर पहल गर्दै आएका छन्।

FB_IMG_1776154649587.jpg

नयाँ वर्षको अवसरमा लागेको यो मेलाले सलहेश फूलबारीलाई धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा अझ स्थापित गरिरहेको स्थानीयवासीहरूको भनाइ छ।

FB_IMG_1776154664745.jpgimage_search_1776154929379.jpgFB_IMG_1776155073172.jpgimage_search_1776154898642.jpg