प्रवासी नेपाली मञ्च, कतारको ८औँ राष्ट्रिय अधिवेशनको स्थल परिवर्तन

महोत्तरी टुडे     

आशिक हुसैन शेख दोहा कतार, अगस्ट १ शनिबार २०२६- प्रवासी नेपाली मञ्च, कतारले आफ्नो ८औँ राष्ट्रिय अधिवेशनको स्थल परिवर्तन गरिएको जनाएको छ। मञ्चका सचिव शेषराज तिमल्सिनाद्वारा जारी सूचनाअनुसार केही प्राविधिक कारणवश यसअघि तय गरिएको स्थल परिवर्तन गरी नयाँ स्थानबाट अधिवेशन सञ्चालन गरिने भएको हो।

 

मञ्चले यसअघि कतारमा रहेका विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधि, वैचारिक संस्थाका प्रमुख, सामाजिक अभियन्ता, व्यवसायी, कलाकार, साहित्यकार, खेलाडी, पत्रकार तथा सम्पूर्ण नेपाली समुदायलाई औपचारिक निमन्त्रणा पठाइसकिएको जनाएको छ। स्थल परिवर्तनबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै मञ्चले यस सूचनालाई नै आधिकारिक निमन्त्रणाका रूपमा स्वीकार गरी कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ।

 

मञ्चका अनुसार ८औँ राष्ट्रिय अधिवेशन ७ अगस्ट २०२६ (शुक्रबार) दिउँसो १२:०० बजेदेखि सेन्ट्रा वेस्ट बे एन्ड सुइट्स (Centra West Bay & Suites), अल दफ्ना, दोहा मा आयोजना हुनेछ।

 

प्रवासी नेपाली मञ्च, कतारले सम्पूर्ण नेपाली समुदायको गरिमामय उपस्थितिले अधिवेशनलाई सफल र भव्य बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कार्यक्रममा उपस्थितिका लागि हार्दिक आग्रह गरेको छ।