महोत्तरीको गौशालामा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी टुडे     

महोत्तरी, गौशाला — साउन १९ गते मंगलबार।

महोत्तरीको गौशाला नगरपालिका–९, डुमरवाना स्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।

 

प्रारम्भिक विवरणअनुसार बिहान करिब ७ः३० बजे इमली बजारबाट गौशालातर्फ जाँदै गरेको बा १ क ६१२९ नम्बरको मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो।

 

दुर्घटनामा बस चालक गौशाला नगरपालिका–५ निवासी अन्दाजी ४० वर्षीय विजय भुजेल सहित बसमा सवार ६ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था मध्यम र पाँच जनाको अवस्था सामान्य रहेको जनाइएको छ।

 

घाइतेहरूलाई उपचारका लागि बीके अस्पताल, गौशाला, महोत्तरी तथा स्थानीय मेडिकलमा पठाइएको छ।

 

बस तीव्र गतिका कारण अनियन्त्रित भएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ। यद्यपि दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ।