रजहरमा कार्तिक ७ देखि प्रथम ‘भेट्रान्स फुटबल प्रतियोगिता हुने ।

महोत्तरी टुडे     

नवलपुर । श्री जनकल्याण सामाजिक विकास केन्द्र (फिर्के)को आयोजनामा प्रथम ‘रजहर भेट्रान्स फुटबल प्रतियोगिता’ यही कार्तिक ७ गतेदेखि सञ्चालन हुने भएको छ। प्रतियोगितामा हरियाली युवा क्लब सह–आयोजकका रूपमा रहनेछ।

प्रतियोगिताको विजेता टोलीले नगद रु. १ लाख ५० हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ। उपविजेता टोलीलाई रु. ७५ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

त्यस्तै, प्रतियोगितामा तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीलाई जनही रु. १० हजार नगदसहित मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ।

प्रतियोगिताका प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई **‘म्यान अफ द म्याच’**बाट सम्मान गरिनेछ। फाइनल खेलमा उत्कृष्ट गोलरक्षकलाई **‘म्यान अफ द किपर’**को विशेष सम्मान प्रदान गरिने आयोजक फिर्के युवा क्लबका अध्यक्ष गिरिराज गौतमले जानकारी दिनुभयो।

प्रतियोगितालाई लायन्स क्लब अफ रजहर सिटी र रजहर जेसीजले सहयोगी संस्थाका रूपमा सहकार्य गर्ने भएका छन्।

आयोजकका अनुसार प्रतियोगिताले भेट्रान्स खेलाडीलाई खेलकुदमा पुनः सक्रिय बनाउनुका साथै स्थानीयस्तरमा खेलकुदको विकास, खेलाडीबीच आपसी भाइचारा र सामाजिक एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।