सर्लाही प्रवासी सेवा समाज कतारको नयाँ अध्यक्षमा बाबुलाल महतो चयन
आशिक हुसैन शेख दोहा, कतार । सर्लाही प्रवासी सेवा समाज कतारको १२औँ अधिवेशन तथा १८औँ स्थापना दिवस शुक्रबार सनैया प्लाजा मल स्थित जिम्बु थकाली रेस्टुरेन्टको सभा हलमा विविध कार्यक्रमसहित सम्पन्न भएको छ। संस्थाले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रमसमेत आयोजना गरेको हो।

कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारका अध्यक्ष कृष्ण पन्थी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमको सभापतित्व सर्लाही प्रवासी सेवा समाज कतारका सभापति प्रकाश आले मगरले गर्नुभएको थियो।

राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा देश तथा समाजका लागि योगदान पुर्याउँदै ज्यान गुमाएका ज्ञात–अज्ञात व्यक्तिहरूको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो। कार्यक्रममा संस्थाका कार्यवाहक महासचिव रमेश साह, प्रमुख सल्लाहकार मोहम्मद कलाम हुसैन खान, विभिन्न वैचारिक तथा सामाजिक संस्थाका प्रतिनिधिहरू अफसर अलि खान, मनिष यादव र सागर नेपाल लगायतको उपस्थिति रहेको थियो। त्यस्तै मधेश प्रदेश समन्वय परिषद् कतारका महासचिव ईसिलाल पण्डित लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सर्लाहीवासी प्रवासी नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

अधिवेशनले बाबुलाल महतोको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा बाबुराम थापा, द्वितीय उपाध्यक्षमा सन्तोष राणा, महासचिवमा रमेश साह, उपमहासचिवमा प्रमोद यादव, सचिवमा गिरि राज घिमिरे, कोषाध्यक्षमा किसान जर्गा मगर र सह–कोषाध्यक्षमा प्रमोद कुमार महरा चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा यादव मैनाली, रुपेश कुशवाहा, मेघराज बल्ल पाँकी मगर, जल बहादुर खपाङ्गी मगर, श्याम राउत, मुकेश कुमार महतो र दिपेन्द्र महतो चयन भएका छन्।

कार्यक्रमका क्रममा केशव कार्की तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीलाई दोसल्ला ओढाई मायाको चिनो तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। साथै संस्थाको पुरानो कार्यसमितिमा रहेर योगदान पुर्याएका पदाधिकारी तथा सदस्यहरूलाई कदरपत्र प्रदान गर्दै सम्मान गरिएको थियो।

अधिवेशनमा संस्थाको विगतका गतिविधि, उपलब्धि तथा आगामी कार्यदिशाबारे छलफल गरिएको थियो। नवगठित कार्यसमितिले कतारमा रहेका सर्लाहीवासी नेपालीबीच आपसी एकता, सहकार्य र सामाजिक सेवाको भावनालाई अझ मजबुत बनाउँदै संस्थालाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान गर्दै प्रवासमा रहे पनि नेपाली कला, संस्कृति, परम्परा र सामाजिक एकतालाई संरक्षण तथा निरन्तरता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
सर्लाही प्रवासी सेवा समाज कतारको १२औँ कार्यसमिति निर्वाचित
सर्लाही प्रवासी सेवा समाज, कतारको कार्यकाल २०२६–२०२८ का लागि १२औँ कार्यसमितिबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ।
निर्वाचित कार्यसमितिको अध्यक्षमा बाबुलाल महतो चयन हुनुभएको छ। त्यस्तै प्रथम उपाध्यक्षमा बाबुराम थापा, द्वितीय उपाध्यक्षमा सन्तोष राना, महासचिवमा रमेश शाह, उपमहासचिवमा प्रमोद यादव, सचिवमा गिरीराज घिमिरे र कोषाध्यक्षमा किशन जर्गा मगर चयन हुनुभएको छ।
त्यसैगरी सह–कोषाध्यक्षमा प्रमोद कुमार महरा तथा सदस्यहरूमा यादव मैनाली, रुपेश कुशवाहा, मेग राज बलाम्पाकी मगर, जलबहादुर खपाङ्गी मगर, श्याम राउत, मुकेश कुमार महतो र दीपेन्द्र महतो निर्वाचित हुनुभएको छ।
निर्वाचन सदस्य जिया बाबु खानद्वारा नवनिर्वाचित अध्यक्षसहित पदाधिकारीलाई शपथग्रहण
निर्वाचन सदस्य जिया बाबु खानले सर्लाही प्रवासी सेवा समाज, कतारका नवनिर्वाचित अध्यक्ष बाबुलाल महतोसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्। शपथग्रहणसँगै नवनिर्वाचित कार्यसमितिले संस्थाको जिम्मेवारी औपचारिक रूपमा ग्रहण गरेको छ।
निर्वाचित कार्यसमिति :
क्र.सं.
पद
नाम
१
अध्यक्ष
बाबुलाल महतो
२
प्रथम उपाध्यक्ष
बाबुराम थापा
३
द्वितीय उपाध्यक्ष
सन्तोष राना
४
महासचिव
रमेश शाह
५
उपमहासचिव
प्रमोद यादव
६
सचिव
गिरीराज घिमिरे
७
कोषाध्यक्ष
किशन जर्गा मगर
८
सह–कोषाध्यक्ष
प्रमोद कुमार महरा
९
सदस्य
यादव मैनाली
१०
सदस्य
रुपेश कुशवाहा
११
सदस्य
मेग राज बलाम्पाकी मगर
१२
सदस्य
जलबहादुर खपाङ्गी मगर
१३
सदस्य
श्याम राउत
१४
सदस्य
मुकेश कुमार महतो
१५
सदस्य
दीपेन्द्र महतो
