मधेश प्रदेश समन्वय परिषद् कतारको तेस्रो बैठक सम्पन्न, कोषाध्यक्ष र मिडिया कोअर्डिनेटर नियुक्त

आशिक हुसैन शेख     

आशिक हुसैन शेख दोहा, कतार- २ अगस्ट २०२६ आइतबार- मधेश प्रदेश समन्वय परिषद्, कतारको तेस्रो बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ। ३१ जुलाई २०२६ मा प्लाजा मल, कतारमा सम्पन्न बैठकले कमलेश महतोलाई कोषाध्यक्ष तथा आशिक हुसैन शेखलाई प्रमुख मिडिया कोअर्डिनेटरमा नियुक्त गर्ने निर्णय गरेको छ।

 

कार्यवाहक अध्यक्ष दुर्गानन्द पासवानको अध्यक्षता तथा महासचिव ईसिलाल पण्डितको उपस्थितिमा सम्पन्न बैठकमा परिषद्को संस्थागत गतिविधि, आगामी कार्ययोजना तथा संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ।

 

बैठकले परिषद्को नियमित सञ्चालन तथा संस्थागत गतिविधिका लागि मासिक लेवी पनि तोकिएको छ 

 

त्यस्तै, सञ्चार तथा मिडिया समन्वयलाई प्रभावकारी बनाउन प्रमुख मिडिया कोअर्डिनेटरमा आशिक हुसैन शेख तथा मिडिया संयोजकमा इस्लाम नदाफ र रामएवाल रामलाई नियुक्त गर्ने निर्णय गरिएको छ।

 

आगामी बैठकहरूमा कार्यसमितिका सम्पूर्ण सदस्यहरूको अनिवार्य उपस्थितिका लागि आवश्यक व्यवस्था गर्ने निर्णयसमेत गरिएको छ। साथै, परिषद्को आगामी बैठकमा सल्लाहकारहरू चयन गर्ने व्यवस्था गर्ने निर्णय भएको छ।

 

बैठकमा सहभागीहरूले राखेका सुझाव तथा सल्लाहलाई सकारात्मक रूपमा ग्रहण गर्दै आवश्यकताअनुसार कार्यान्वयन गर्दै जाने प्रतिबद्धता परिषद्ले जनाएको छ। सहभागी सम्पूर्ण महानुभावहरूलाई परिषद्ले धन्यवादसमेत व्यक्त गरेको छ।

 

बैठकमा परिषद्को आगामी कार्ययोजना तथा संस्थागत गतिविधिलाई थप व्यवस्थित रूपमा अघि बढाउने विषयमा समेत छलफल भएको जनाइएको छ।