गौशाला नगर अस्पतालमा पहिचान नखुलेका पुरुषको उपचार, आफन्तको खोजीमा अस्पताल

महोत्तरी टुडे     

महोत्तरी, गौशाला। महोत्तरीको गौशाला नगरपालिका–स्थित गौशाला नगर अस्पतालमा पहिचान नखुलेका एक जना पुरुषको उपचार भइरहेको छ। अस्पतालका अनुसार हालसम्म ती पुरुषको नाम, ठेगाना तथा परिवारजनबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।

 

अस्पतालले ती पुरुषको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आवश्यक उपचार तथा हेरचाह गरिरहेको जनाएको छ। तर, उपचारका क्रममा उनको पहिचान खुल्न नसकेपछि अस्पतालले सार्वजनिक सूचना जारी गर्दै आफन्त तथा चिनजानका व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गरेको हो।

 

अस्पतालका अनुसार यदि कसैले ती पुरुषलाई चिन्नुहुन्छ वा उहाँका आफन्त तथा परिवारजनबारे कुनै जानकारी छ भने यथाशीघ्र गौशाला नगर अस्पतालमा सम्पर्क गरी आवश्यक जानकारी उपलब्ध गराउन अनुरोध गरिएको छ।

 

अस्पतालले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत उक्त सूचना बढीभन्दा बढी साझा गरिदिन समेत आग्रह गरेको छ। सूचना व्यापक रूपमा फैलिन सकेमा ती पुरुषको पहिचान खुल्नुका साथै उहाँलाई परिवारजनसम्म पुर्‍याउन सहज हुने अस्पतालको विश्वास छ।

 

पहिचान नखुलेका ती पुरुषका आफन्त वा चिनजानका व्यक्तिले गौशाला नगर अस्पतालमा सम्पर्क गर्न सक्नेछन्।रासस