सिरहामा अवैध हतियारसहित तीन जना पक्राउ
महोत्तरी टुडे
श्रावण २० २०८३
सिरहा, साउन २० – सिरहाको लहान नगरपालिका–२२ सलहेखोरीबाट प्रहरीले ९ एमएम जस्तो देखिने पेस्तोल र म्याग्जिनसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार राति करिब ११ बजे प्रहरी चौकी सितापुरबाट खटिएको टोलीले नियमित चेकजाँचका क्रममा सलहेखोरी निवासी २० वर्षीय सबरजित दासको दाहिने गोजीबाट ९ एमएम जस्तो देखिने म्याग्जिनसहितको पेस्तोल बरामद गरेको हो।
घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका २० वर्षीय गुरुदेव दास र १९ वर्षीय सञ्जय दासलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद भएको पेस्तोल तथा म्याग्जिन सम्बन्धी आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
